म्यानचेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, चेल्सी र लेष्टर सिटी विजयी भएका छन् । अंक तालिकाको शिर्ष स्थानमा रहेको सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई उसैको मैदानमा ५–१ ले पराजित गरेको छ । सिटीको जितमा केभिन डे ब्रायनले ४ तथा रहिम स्ट्रर्लिङले एक गोल थपे । वुल्भरह्याम्पटनका लिन्डर डेन्डोन्करले एक सान्तोना गोल फर्काए ।

खेलको सातौं मिनेटमा केभिनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ११ औं मिनेटमा लिन्डरले गोल गर्दै वुल्भरह्याम्पटनका १–१ को बराबरीमा ल्याए । १६ औं मिनेटमा केभिनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । २४ औं मिनेटमा केभिनले ह्याट्रिक पूरा गर्दै सिटी ३–१ को अग्रता दिलाए ।

६० औं मिनेटमा केभिनले व्यक्तिगत चौंथो गोल गरे । त्यसपछि खेलको ८४ औं मिनेटमा रहिमले गोल गर्दै सिटीलाई ५–१ ले जित दिलाए । बुधबार राति नै भएको अर्काे खेलमा चेल्सीले लिड्स युनाईटेडलाई ३–० ले हराएको छ ।

खेलको चौंथो मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । त्यसपछि ८३ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई ३–० को जित दिलाए ।

यस्तै, २४ औं मिनेटमा ड्यानीएल जेम्सले रातो कार्ड पाएपछि लिड्स १० खेलाडीमा समेटियो । प्रिमियर लिगकै अन्य खेलहरुमा लेष्टर सिटीले नरिच सिटीलाई ३–० ले हराउँदा एभर्टनले वाट्फोर्डसँग गोलरहित बराबरी खेलेका छन् ।

जितसँगै म्यानचेस्टर सिटीले लिग तालिकामा लिभरपुलमाथि ३ अंकको अग्रता लिएको छ । सिजनमा दुई खेल मात्रै बाँकी छँदा सिटीको ८९ अंक भएको छ भने लिभरपुलको ८६ अंक छ । ७० अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0