रोनाल्डाले गरे युभेन्टस छाड्ने संकेत

फुटबल

काठमाडौं । युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले क्लव छोड्न सक्ने संकेत गरेका छन । सामाजिक संजालमा उनले युभेन्टस छाड्ने संकेत दिएका हुन्। इन्स्टाग्राममा उनले म्यानचेस्टर युनाइडेट, रियल मड्रिड र युभेन्टसबाट महत्वपूर्ण उपाधिहरु जितेको तस्बिर तीनवटा फोटो पोस्ट गरेका छन्।

उनले उक्त पोस्टमा आफूले इटालीमा तय गरेको लक्ष्य पूरा गरेको जनाएका छन्। यसको अर्थ उनले अब नयाँ लक्ष्य लिएका छन्।
इटलियन सञ्चारमाध्यमहरुले पनि रोनाल्डोले युभेन्टसबाट बाहिरिन खोजिरहेको बताएका छन्।

‘कुनै पनि उत्कृष्ट खेलाडीको जीवन र करियरमा तलमाथि भइरहन्छन,’ रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्। ‘यी उपलब्धिहरूका साथ म एउटा लक्ष्यमा पुगेको छु जुन मैले इटाली आइपुगेको दिनदेखि नै राखेको थिए’ रोनाल्डोले भनेका छन्,‘बेलायत, स्पेन र इटालीको महत्वपूर्ण उपाधि जित्नु, सबै स्थानमा सय गोल पुरा गर्नु मेरो लागि गर्वको कुरा हो। अन्तमा रोनाल्डोले लेखेका छन्,‘मेरो यात्रामा साथ दिने सबैलाई धन्यवाद भन्न चाहन्छु। हामी एकसाथ उभिनेछौं।’

रोनाल्डो सन् २०१८ मा युभेन्टस पुगेका थिए । उनको युभेन्टससँगको सम्झौँता एक वर्ष मात्रै बाँकी छ । रोनाल्डोसँगै पाउलो डिबला, डौगलास कोस्टा, आरोन राम्से, वज्जी सेज्नी, डेजान कुलुसेभस्की, एलेक्स सान्ड्रो र एड्रियान राबियोटले पनि युभेन्टस छाड्ने अनुमान गरिएको छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *