कार दुर्घटनामा अस्ट्रेलियाका पूर्व क्रिकेटर एन्ड्रयु साइमण्ड्सको मृत्यु

क्रिकेट

काठमाडौँ । अष्ट्रेलियाका पूर्व अलराउन्डर तथा दिग्गज क्रिकेटर एन्ड्रयु साइमण्ड्सको दुर्घटनामा मृत्यु भएको छ । शनिबार राति अस्ट्रेलियाको क्वीन्सल्याण्डमा कार दुर्घटनामा परी उनको मृत्यु भएको हो । क्वीन्सल्याण्ड प्रहरीले शहरबाट करिब ५० किलोमिटर पश्चिममा रहेको हर्भे रेन्जमा तीव्र गतिमा रहेको कार सडकमा पल्टिएको बताएको छ । ४६ बर्षिय एन्ड्रयू साइमन्ड्स यो कारमा थिए ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ । साइमन्ड्सले अस्ट्रेलियाका लागि १९९८ देखि २००९ सम्मम १९८ एकदिवसीय र २६ टेस्ट खेल खेलेका थिए । उनले यस अवधिमा दुई विश्वकप जितेका थिए ।

उनको असमायिक निधनमा अस्ट्रेलियन क्रिकेटका प्रमुख लाचलान हेण्डरसनले अस्ट्रेलियन क्रिकेटलाई ठुलो क्षति भएको बताएका छन् । क्रिकेट जगतले अघिल्लो महिना मात्र अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नलाई गुमाएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0