युरोपियन उमा कुङफुमा नेपाललाई तीन स्वर्ण

समाचार

काठमाडौं : उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण पदक जितेको छ । युकेको ओर्सेस्टरमा मे १५ तारिखमा भएको प्रतियोगितामा सञ्जयराज पुटुवारले दुई तथा भुपेन्द्र गुरुङले एक स्वर्ण जितेको प्रतियोगितामा जजको भूमिकासमेत निर्वाह गर्नुभएको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिए ।

सञ्जयले छाङ छ्वान र वेपन गरी दुई स्पर्धामा नेपालको चुनौती प्रस्तुत गरेका थिए । उनले छाङ छ्वानमा ९.७ तथा वेपनमा ९.८ अङ्क जोड्दै शीर्ष स्थान हात पारे । सञ्जयले यसअघि अस्ट्रियामा भएको वल्र्ड च्याम्पियनसिप, बङ्गलादेशमा भएको एसियाली च्याम्पियनसिप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

भुपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा ८.९ अङ्क हासिल गर्दै स्वर्ण चुमे । यसअघि भुपेन्द्रले जर्मनीमा भएको विश्व मार्सल आर्ट्स गेम्समा स्वर्ण जितेका थिए । प्रतियोगितामा विभिन्न ११ राष्ट्रका करिब ५५० खेलाडीले सहभागिता जनाएको अध्यक्ष लामाले जानकारी दिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0