प्रिमियर लिगमा न्युकासलले आर्सनललाई २–० ले हरायो

फुटबल

काठमाडौं : इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा न्युकासल युनाइटेड विजयी भएको छ । घरेलु टोली न्युकासल आर्सनलविरुद्ध २–० ले विजयी भएको हो ।

सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युकासललाई जित दिलाउन ब्रुनो गुइमारेइसले एक गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो ।

खेलको ५५ औं मिनेटमा बेन ह्वाइटको आत्मघाती गोलबाट न्युकासलले अग्रता लिएको थियो । ८५ औं मिनेटमा गुइमारेइसले गोल गर्दै घरेलु टोलीलाई २–० को सहज जित दिलाए ।

जितसँगै ३७ खेलमा ४६ अंक जोडेको न्युकासल १२ औं स्थानमा उक्लिँदा पराजित आर्सनल समान खेलबाट ६६ अंकका साथ पाँचौं स्थानमा यथावत छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0