उषा र कामनाले पहिलो पटक माल्दिभ्सको भलिबल लिग खेल्ने

समाचार

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोलीका स्पाइकर उषा भण्डारी र कामना विष्टले माल्दिभ्सको भलिबल लिग खेल्ने भएका छन् । दुबै खेलाडी प्रतियोगिताका लागि मंगलबार माले प्रस्थान गरेकी छिन् ।

मालेमा हुने प्रतियोगिता मे १९ देखि ३१ सम्म हुनेछ । नेपाल पुलिस क्लबकी उषा र कामना उषा र कामनाले फरक फरक क्लबबाट खेल्ने छिन् ।

उषाले माल्दिभ्स नेशनल डिफेन्स फोर्सबाट खेल्ने छिन् । यस्तै कामनाले माल्दिभ्स सर्भिस क्लबबाट खेल्ने छिन् । दुबै खेलाडीले पहिलो पटक लिग खेल्न लागेका हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0