जर्मनीको फ्रान्कफुर्टले जित्यो युरोपा लिग फुटबलको उपाधि

फुटबल

काठमाडौं । जर्मनीको आइन्त्राच फ्रान्कफुर्टले युरोपा लिग फुटबलको उपाधि जितेको छ । स्पेनको सेभियामा बुधबार राति भएको फाइनल खेलमा स्कटल्याण्डको रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै फ्रान्कफुर्ट उपाधि जितेको हो ।

खेलको ५७ औं मिनेटमा अयोडोले अरिबोले रेन्जर्सका लागि पहिलो गोल गरे । ६९ औं मिनेटमा फ्रान्कफुर्टका राफेल बोरेले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समय हुँदै टाई ब्रेकरमा पुगेको हो । टाई ब्रेकरमा फ्रान्कफुर्ट ५–४ ले विजयी भयो ।

फ्रान्कफुर्टलाई युरोपाको च्याम्पियन बनाउन टाइब्रेकरमा क्रिस्टोफर लेन्ज, एज्डिन रुस्टिक, दाइची कामदा, फिलिप कोस्टिक र राफयल सान्तोष बोरले गोल गरे । रेन्जर्सका जेम्स टाभेनिएर, स्टेभन डाभिस, स्कट अरफिल्ल र केमार रोफीले गोल गर्दा आरोन राम्सेले गोल गर्न सकेनन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0