युरो कपका लागि ३३ सदस्यीय इंग्ल्यान्डको प्रारम्भिक टोलीको घोषणा

फुटबल युरो कप

काठमाडौं, जेठ ११ : आगामी जुलाई ११ देखि हुने युरो २०२० का लागि इंग्ल्यान्डले ३३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । इंग्लिस प्रशिक्षक गारेथ साउथगेटले ४ नयाँ खेलाडी समेट्दै प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगको फाइनलपछि जुन १ मा इंग्ल्यान्डले २६ सदस्यीय अन्तिम टिम घोषणा गर्नेछन्। युरो कप आगामी जुलाई ११ देखि आयोजना हुँदैछ । त्यसका लागि जुन १ सम्म २६ सदस्यीय अन्तिम टोलीको नाम घोषणा गरिसक्नुपर्नेछ ।

युरो कपमा इंग्ल्यान्ड समूह ‘डी’ मा क्रोएसिया, स्कटल्यान्ड र चेक गणतन्त्रसँगै रहेको छन्।

इंग्ल्यान्डको प्रारम्भिक टिम

गोलकिपर : डिन हेन्डर्सन, साम जोनस्टोन, जोर्डन पिकफोर्ड, आरोन राम्सडाले
फरवार्ड : ह्यारी केन, मार्कस रास्फोड, रहिम स्टर्लिङ, डोमिनिक कल्भर्ट लेविन, मासन ग्रिनउड, ओली वाट्किन्स, जाडोन सान्चोडिफेन्डर : जोन स्टोन्स, लुक शा, ह्यारी माग्युर, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, केल वाकर, ट्योरोन मिङ्ग्स, रेस जेम्स, कोनर कोएडी, बेन चिलवेल, बेन गडफ्रे, केइरन ट्रिपियर, बेन ह्वाइट
मिडफिल्डर : मासन माउन्ट, डेक्लान राइस, जोर्डन हेन्डर्सन, जुडे बेलिङघम, फिल फोडेन, ज्याक ग्रिलिस, केल्भिन फिलिप्स, जिसे लिङ्गार्ड, जेम्स वार्ड प्रोइस, बुकायो साका

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *