प्रोफेसनल मुवाथाई फाइटमा नेपालका गुणराजले म्यानमारका खेलाडीलाई ढलाए

समाचार

काठमाडौं । थाइल्यान्डमा भएको प्रोफेसनल मुवाथाई फाइटमा नेपालका गुणराज रूचालले जित हासिल गरेका छन्। शनिबार थाइल्यान्डको लुम्पिनी बक्सिङ रंगशालामा भएको भिडन्तमा रूचालले म्यानमारका खेलाडीमाथि जित हासिल गरेका हुन्।

फेयर्टेक्स फाइट प्रमोसनको आयोजना भएको प्रतियोगितामा उनले ६१ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। जसमा उनले म्यानमारका खेलाडी मनकोन यातितलाई पराजित गर्न सफल भए। नेपाली सेनाका रुचाल नेपालको उत्कृष्ट मुवाथाई खेलाडीमा पर्छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *