लिग वानको अन्तिम खेलमा पीएसजीको सानदार जित, एमबाप्पेले गरे ह्याट्रिक

फुटबल

एजेन्सी । च्याम्पियन बनिसकेको पिएसजीले यो सिजनको लिग वानको अन्तिम खेलमा सानदार जित निकालको छ । गएराति भएको खेलमा पीएसजीले मेट्जलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई सानदार जित दिलाउनको लागि फ्रान्सेली युव फरवार्ड केलियन एमबाप्पेले ह्याट्रिक गरे । नेयमार र एन्जल डि मारियाले समान एक गोल थपे ।

खेलको २५औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । २८औं मिनेटमा एमबाप्पेले लियोनेल मेस्सीको पासमा गोल गर्दै पीएजसीको अग्रता दोब्बर बनाए ।

३२औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई पहिलो हाफमा ३-० को अग्रता दिलाए । ५०औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पुरा गर्दा पिएसजीलाई ४–० को अग्रता दिलाए । ६७औं मिनेटमा डिमारियाले गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए ।

यो जितसँगै पिएसजीले ३८ खेलबाट ८६ अंक जोड्यो । पराजित मेट्ज ३१ अंक जोडेर १९औं स्थानमा रहेर रेलिगेसनमा परेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0