नेपाली टिमबाट निकालिएका रोहित चन्दले पर्सिकबाट इन्डोनेसियन लिग खेल्ने

समाचार

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियन क्लब पर्सिक कडिरीमा अनुबन्ध भएका छन् । आइतबार लिगा वानको क्लब पर्सिकले रोतिहलाई अनुबन्धन गरेको जनाएको हो । उसले लेखेको छ, ‘स्वागत छ हिमालय ह्वाइट टाइगर ।

यस अघि शनिवार पूर्व क्लब पर्सिजा जाकर्ताले रोहितले क्लब छोड्ने पुष्टि गर्दै बिदाइ भिडियो सार्वजनिक गरेको थियो । सन् २०१७ मा दोस्रो पटक जाकार्तासँग जोडिएका रोहितले ११९ खेल खेल्दा १० गोल र आठ अशिष्ट गरेका छन् ।

यस अवधिमा रोहितले जाकार्ताबाट एक घरेलु लिगसहित तीन उपाधि जिते । सन् २०१८ मा उनी लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए । रोहितले सन् २०१३ देखि २०१५ सम्म पहिलो पटक जाकार्ताबाट खेलेका थिए । इन्डोनेसियामा रोहितले खेलेको यो तेस्रो क्लब हो । सुरुमा उनले पीएसपीएस पेकेनबारुबाट खेलेका थिए ।

स्रोतका अनुसार ३० वर्षे रोहितले तीन वर्षको सम्झौता गरेका छन् । हाल भने रोहित नेपालमै रहेका छन् । पछिल्लो समय प्रशिक्षक खेलाडी विवादका कारण रोहित टिम बाहिर छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0