एन्फा अध्यक्षका लागि कर्माछिरिङ शेर्पाद्धारा प्यानलसहित उम्मेदवारी घोषणा

समाचार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा पुनःउम्मेदवारी दिने घोषणा गरेका छन् । एन्फाको वर्तमान अध्यक्षसमेत रहेका शेर्पाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

चार वर्षअघि शेर्पा आफ्नो प्यानलसहित एन्फा नेतृत्वमा निर्वाचित भएका थिए । यसपटक पनि शेर्पाले प्यानलसहित पुनःउम्मेदवारी घोषणा गरेका हुन् । शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्छित पराजुली, उपाध्यक्षमा दिर्घ केसी, रत्न श्रेष्ठ र उपेन्द्र्मान श्रेष्ठ रहेका छन् ।

सदस्यमा दीपक थापा, प्रबीन यादब, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराजा गुरुङ, टीकाराम लामा, प्रदेश सिङ्ह राथोर, भरत गुण थापा, अनिल श्रेष्ठ, रमेश ब्येन्जनकार, मनीराज श्रेष्ठ र मनिश जोशी छ्न् । यसअघि पङ्कज नेम्वाङले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0