लुका मोड्रिच थप एक वर्ष रियल मड्रिडमै

फुटबल

काठमाडौं, जेठ ११ : स्पेनिस क्लब रियल मड्रिडका क्रोएसियन मिडफिल्डर लुका मोड्रिचले क्लबसँगको सम्झौता थप एक वर्ष बढाएका छन् । मोड्रिकले मंगलबार क्लबसँग थप एक वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नयाँ सम्झौताअनुसार मोड्रिच सन् २०२२ जुनको अन्त्यसम्म रियल मड्रिडमै रहने छन् ।

मोड्रिच सन् २०१२ मा इङ्लिस क्लब टोटेनहमबाट ३० मिलियन पाउन्डमा रियल मड्रिड आएका थिए । क्लबका लागि ३ सय ९१ खेल खेलिसकेका छन् । जसमा २८ गोल र १६ असिस्ट रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0