नेपाली टोलीले आज टिमोर लिस्टेसँग कतारमा मैत्रीपूर्ण खेल खेल्दै

समाचार

काठमाडौ । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शनिबार) टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्ने भएकाे छ । दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपालले टिमोर लिस्टेसँग खेल्ने भएकाे हाे । खेल नेपाली समय अनुसार शनिबार राति ९ः४५ बजे सुरु हुनेछ ।

एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्णमा टिमोर लिस्टेसँग खेल्न लागेको हो । नेपालले यहि जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ । तर दुवै खेल मैत्रीपूर्ण अभ्यास खेलको रुपमा रहेको छ । फिफाले दुई मैत्रीपूर्णलाई अन्तराष्ट्रिय मैत्रीपूर्णको मान्यता दिएको छैन्।

नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जाने भएकाे छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले छनोटका लागि कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिसकेका छन् । छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । प्रत्येक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0