लिभरपुललाई हराउँदै रियल म्याड्रिडलाई १४औं पल्ट च्याम्पियन्स लिगको कीर्तिमानी उपाधि

फुटबल

काठमाडौं : इंग्लिस क्लब लिभरपुलमाथि संघर्षपूर्ण जित निकाल्दै स्पेनिस क्लब रियल मड्रिडले युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। शनिबार राति सम्पन्न खेलमा लिभरपुललाई १–० ले पराजित गर्दै रियलले कीर्तिमानी १४औं पल्ट उपाधि जितेको हो। पेरिसमा भएको खेलमा रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो।

त्यसअघि ४२औं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि भीएआरमा अफसाइड ठहरिँदा मान्यता पाएन। ५९औं मिनेटमा काउन्टर अट्याकमा फेडे भाल्भेर्डेको पासमा एलेक्सान्डर आर्नाेल्डलाई बिट गर्दै भिनिसियस जुनियरले ६ यार्ड बक्सबाट सहज फिनिस गर्दै रियललाई जित दिलाएका थिए।

सन् २०१८ पछि च्याम्पियन बन्न सफल भएको रियल कीर्तिमानी १४औं पटक उपाधि जित्न सफल भएको हो। पछिल्लो ९ सिजनमा रियलले पाँचौं पटक च्याम्पियन्स लिग उपाधि जितेको हो यो सिजन चार उपाधि जित्ने संघारमा रहेको लिभरपुल दुई उपाधिमा खुम्चियो। लिग कप र एफए कप जितेको लिभरपुल प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधिबाट बञ्चित बन्यो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0