के तपाईंसँग टन्न पैसा छ ? यदि छ भने नेपाल प्रिमियर लिगको टिम किन्नुस्

क्रिकेट

काठमाडौं : आगामी असोजमा हुन लागेको पहिलो संस्करणको नेपाल टी-२० लिगमा सहभागी हुने ६ टिम खरिदका लागि टेन्डर आह्वान गरिएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान) तथा प्रतियोगिताको व्यपारिक र रणनीतिक साझेदार सेभेन थ्री स्पोर्ट्सले टिम स्वामित्व लिन चाहनेका लागि शुक्रबार टेन्डर अह्वान गरेका हुन्।

टेन्डरमार्फत टिम खरिद गर्नका लागि इमेल गर्न क्यानले अनुरोध गरेको छ। यसका लागि २३ जेठसम्म समय दिइएको छ। यसअघि क्यानले नेपाल टी-२० लिगमा सहभागी हुने ६ टिमको नाम सार्वजनिक गरेको थियो। लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा र फार वेस्टर्नबीच प्रतिस्पर्धा हुने क्यानले सार्वजनिक गरेको थियो।

अब टेन्डरमार्फत यी टिमको स्वामित्व लिने कम्पनी छनोट गरिनेछ। क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा पहिलो श्रेणीका क्रिकेटरलाई १५ लाख रूपैयाँसम्म पारिश्रमिक दिने बताएको छ। क्यानले नेपाल टी-२० लिगलाई देशको एक मात्र आधिकारी लिग बनाउने भन्दै अन्य फ्रेञ्चाइज लिगलाई राष्ट्रिय मान्यता भने नदिने बताएको छ। अन्य लिगलाई क्षेत्रीय लिगको मान्यता दिन भने सोच्न सकिने क्यानको भनाइ छ।

यसअघि काठमाडौंमा एभरेस्ट प्रिमियर लिग, पोखरामा पोखरा प्रिमियर लिग र धनगढीमा धनगढी प्रिमियर लिग सञ्चालन हुँदै आएका थिए। तीनै लिग क्यान निलम्बनको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट अनुमति लिएर सञ्चालन भएका थिए। तर एभरेस्ट प्रिमियर लिग भने आफूलाई मान्यता दिने पर्ने माग राख्दै आएको छ। क्यानबाट प्रतियोगिता सञ्चालन गर्न अनुमति नपाएपछि एभरेस्ट प्रिमियर लिगले सर्वोच्चमा मुद्दा दर्ता गराएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *