नेपाली यु-१९ कप्तान भन्छिन् : ‘मलेसियामा उत्कृष्ट प्रदर्शन गरेर मात्र फर्किन्छौ’

समाचार

काठमाडौं । नेपाल यु–१९ राष्ट्रिय क्रिकेट टिमकी कप्तान कृतिका मरासिनीले राम्रो नतिजा निकाल्दै विश्वकपमा छनोट हुने विश्वास ब्यक्त गरेकी छन् । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार मलेसिया प्रस्थान गर्ने टोलीको विदाई गरेको थियो ।

विदाई कार्यक्रममा बोल्दै कप्तान कृतिकाले तयारी राम्रो भएको र राम्रो नतिजा आउनेमा विश्वस्त रहिन् । ‘आशा गर्छाै की नेपालको लागि राम्रो रिजल्ट लिएर आउने छौं । राम्रो खेल्नेछौं ।’ १८ वर्षीय दाँया हाते ब्याटर कृतिकाले भनिन् ।

क्यानले यसअघि नै विश्वकप छनोटका लागि १४ खेलाडी छनोट गरेको थियो । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको छनोटका लागि नेपाली टिम मलेसिया प्रस्थान गर्दैछ । खेलाडी तथा अफिसियललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशन कुमार सिंह लगायतले विदाई गरे । छनोटमा नेपालसँगै मलेसिया, यूएई, थाइल्यान्ड, भुटान, र कतारको सहभागिता रहेको छ । १५ खेल सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ ।

छनोटमा नेपालले पहिलो खेल ३ जुनमा कतारविरुद्ध खेल्नेछ । यस्तै दोस्रो खेल ४ जुनमा यूएईसँग रहेको छ । भुटानविरुद्ध ६ जुनमा खेल्दा बलियो टोली थाइल्यान्डविरुद्ध नेपालले ७ जुनमा प्रतिस्पर्धा गर्नेछ । यस्तै अन्तिम खेलमा मलेसियाविरुद्ध ९ जुनमा नेपाल मैदान उत्रने छ ।

नेपाली टिमका प्रशिक्षक महेश रिजाल एक महिना देखि टिम तयारीमा रहेको र तालिकाको अग्रस्थानमा रहेर नेपाल फर्कने बताए । ‘एक महिना देखि बन्द्र प्रशिक्षणमा आएका छौं । आवश्यक तयारी गरेका छौं । हाम्रो लक्ष्य अग्रस्थानमा रहने हो ।’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0