हान्सी फ्लिक बने जर्मनी फुटबल टिमको मुख्य प्रशिक्षक

फुटबल युरो कप

काठमाडौं, जेठ ११ : : हान्सी फ्लिक युरोकपको लागि जर्मनीको फुटबल टिमको नयाँ प्रशिक्षक बनेका छन् । फ्लिकले जर्मन फुटबल संघसँग सन् २०२४ सम्मका लागि प्रमुख प्रशिक्षक रहने सम्झौता गरेका छन् ।

५६ वर्षीय फ्लिकले यस सिजनको अन्त्यसँगै बायर्नसँगको सम्झौता टुंगाएका थिए । ‘ ममा तिव्र भोक छ किनभने जर्मनीमा युवा खेलाडीहरु स्तरीय छन्’, जिम्मेवारी पाएपछि ५६ वर्षीय फ्लिकले भनेका छन्।

फ्लिकले यसअघि जर्मनीको राष्ट्रिय टोलीसँग काम गरिसकेका छन्। सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा लो मुख्य प्रशिक्षक थिए भने फ्लिक सहायक प्रशिक्षक थिए ।

आगामी ११ जुनबाट शुरु हुने युरोकप युरोपका विभिन्न ११ शहरमा ११ जुनसम्म हुनेछ । जर्मनी पनि सहआयोजक देश हो । समूह एचमा रहेको जर्मनीले फ्रान्स, पोर्चुगल र हंगरीसँग खेल्नुपर्नेछ ।

जर्मनीको टोली

गोलकिपर्स: म्यानुएल नोएर, बर्न्ड लेनो, केभिन ट्रयाप
डिफेन्डर्स: रोबिन कोच, एन्टोनियो रुडिगर, मार्सेल हल्सटेन्बर्ग, लुकार क्लोस्टरम्यान, क्रिस्टियन गन्टर, म्याट्स हुमल्स, रोबिन गोसेन्स, म्याथियाज गिन्टरख निक्लस स्युल
मिडफिल्डर्स: जोसुवा किमिच, लियोन योरेट्ज्का, काई हाभर्ट्ज, थोमस मुलर, टोनी क्रुस, जमल मुसियाला, एम्रे च्यान, जोनस होफम्यान, फ्लोरियान नेउहाउस, इल्काइ गुन्डोगान, लिरोइ साने
अट्याकर्स: केभिन भोलान्ड, टिमो वेर्नर, सर्ज गिनाब्री

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *