नेइमारको २ गोलमा दक्षिण कोरियामाथि ब्राजिलको सहज जित

फुटबल

एजेन्सी : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण कोरियामाथि ५–१ को सहज जित निकालेको छ। सियोल वर्ल्डकप रंगशालामा बिहिबार राति भएको खेलमा ब्राजिललाई सहज जित दिलाउन नेइमारले २ तथा रिचर्लिसन, फिलिप कौटिन्हो र ग्याब्रियल जिससले गोल गरे। घरेलु टोलीका लागि ह्वाङ युई–जोले सान्तवना गोल गरे।

खेलको सातौं मिनेटमा रिचर्लिसनले गोल गर्दै ब्राजिललाई सुरूआती अग्रता दिलाएका थिए। खेलको ३१ औं मिनेटमा ह्वाङ युई–जोले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए। तर नेइमारले ४२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई पहिलो हाफमा २-१ को अग्रता दिलाए।

दोस्रो हाफमा थप आक्रमक खेलेको ब्राजिलले ३ गोल थप्यो। खेलको ५७औं मिनेटमा प्राप्त पेनाल्टीलाई नेइमारले नै सदुपयोग गरेपछि ब्राजिलले अग्रतलाई ३–१ मा पुर्‍यायो।

खेलको ८० औं मिनेटमा फिलिप कौटिन्होले ब्राजिलका लागि चौथो गोल गरे। यस्तै इन्जुरी समयमा ग्याब्रियल जिससले पाँचौ गोल गरेपछि पाहुना टोलीले फराकिलो जित निश्चित गरेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *