पोग्बाले म्यानचेस्टर युनाइटेड छोड्ने पक्का

समाचार

लन्डन : विश्वकप विजेता फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने पक्का भएको छ। जुनमा सकिने सम्झौतासँगै पोग्बाको क्लब बसाइ अन्त्य हुने भएको हो।

२९ वर्षीय पोग्बाको बसाइ अन्त्य हुने बुधबार इङ्लिस प्रिमियर लिगले जनाएको हो। युनाइटेडबाट फुकुवा हुनासाथ पोग्बाले क्लब छोड्ने पुष्टि गरेको हो। ‘युनाइटेडले सम्झौता सकिएसँगै जुनको अन्त्यमा पोग्बाले क्लब छोडेको घोषणा गर्न सक्छ। प्रिमियर लिग पोग्बालाई सफल भविष्यको कामना गर्न चाहन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

सन २०१२ मा युनाइटेडबाट डेब्यु गरेका पोग्बा सोही सिजन इटालियन क्लब युभेन्ट्स अनुबन्धित भएका थिए। यद्यपि, पुनः सन् २०१६ मा युनाइटेड फर्किएका पोग्बाले इङ्लिस क्लबबाट दुई सय ३३ खेल खेलेका छन्। युनाइटेडबाट पोग्बाले एक युरोपा लिग र एक लिग कपको उपाधि दिलएका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0