मैत्रीपूर्ण खेलमा नेपालको ओमानसँग बहादुरीपुर्ण हार

फुटबल

काठमाडौं : एएफसी एसियन कप छनोटका तयारीमा रहेको नेपालले अभ्यास खेलमा ओमानसँग पराजित भएको छ। कतारमा रहेको नेपाली फुटबल टोलीले दोहामा शुक्रबार आफ्नो तेस्रो अभ्यास खेल ओमानसँग खेलेको थियो सुहिम बिन हमाद स्टेडियममा भएको खेलमा नेपाल ओमानसँग २-० गोल अन्तरमा पराजित भएको हो।

ओमानको जितमा ओमार अल–मलिकी र इसाम अल सुभीले गोल गरे। पहिलो हाफको इन्जुरी समयमा गोल मलिकीले ओमानलाई सुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफ १-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप १ गोल व्यहोर्‍यो

खेल सकिन २ मिनेट बाँकी हुँदा सुभीले गोल गर्दै ओमानको जित पक्का गरे। अधिकांश युवा खेलाडीका साथ कतार पुगेको नेपाल फिफा वरियताको १६८औं स्थानमा छ भने ओमान ७५औं स्थानमा छ।

ओमानसँग खेल्नु अघि नेपालले दुई अभ्यास म्याच खेलेको थियो। जसमा नेपालले टिमोर लेस्टेसँग २–२ र श्रीलंकासँग १–१ को बराबरी नतिजा निकालेको थियो ।

एएफसी एसियन कप छनोटतर्फ समूह ए मा रहेको नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ। त्यस्तै जुन ११ मा आयोजक कुवेत तथा जुन १४ मा इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
2
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *