बेल्जियममाथि नेदरल्यान्डको फराकिलो जित

फुटबल

काठमाडौं : दोस्रो हाफमा ११ मिनेटको अन्तरमा ३ गोल गर्दै नेदरल्यान्ड्सले युईएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डको खेलमा सानदार जित हात पारेको छ। ब्रसेल्समा शुक्रबार राति भएको खेलमा डच टोलीले घरेलु टोली बेल्जियममाथि ४–१ को सानदार जितहात पारेको हो। डच टोलीको जितमा मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गरे। घरेलु टोलीका मिचे बात्सुयाईले एक गोल फर्काए।

खेलको ४०औं मिनेटमा स्टेभनको गोलबाट डच टोलीले सुरुआती अग्रता लिएको थियो। ५१औं मिनेटमा डिपाएले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। ६१औं मिनेटमा डम्फ्रेजले पासमा गोल गरेपछि टोली खेलमा ३–० को सहज जिततर्फ अगाडि बढ्यो। ६५औं मिनेटमा डिपाएले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गरे। ७७औं मिनेटमा बेल्जियमका टिमोथी कास्टाग्नेले गोल गरेपनि भिएआरबाट मान्यता पाएन।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मिचेले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याएपनि हार टार्न सकेनन्। यो जितसँगै नेदरल्यान्ड्ले १ खेलबाट ३ अंक जोडेको छ। बेल्जियमा पुछारमा छ। पोल्यान्डको पनि ३ अंक नै रहेपनि दोस्रो स्थानमा रहेको छ। वेल्सले पनि अंक जोड्न सकेको छैन।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *