झापा फुटबल क्लब बन्यो ‘सी डिभिजन’ च्याम्पियन

समाचार

काठमाडौं :  झापा फुटबल क्लब सी डिभिजन च्याम्पियन बनेको छ। शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अन्तिम खेलमा स्वयम्भू क्लबलाई ४-२ गोलले पराजित गर्दै झापा च्याम्पियन बनेको हो। च्याम्पियन बनेको झापा अन्तिम खेलअघि नै बी डिभिजनमा बढुवा भएको थियो। झापाले सी डिभिजनको १३ खेल मध्ये ११ खेलमा जित निकाल्यो भने समान १-१ खेलमा बराबरी र हार बेहोर्‍यो। उपाधिसँगै झापाले १० लाख रूपैयाँ प्राप्त गरेको छ।

यता आजै भएको खेलमा जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड बी डिभिजनमा बढुवा थियो। लिगको आफ्नो अन्तिम खेलमा ओएसिस क्लबलाई ५-० गोलले पराजित गर्दै प्लानिङ दोस्रो डिभिजनमा बढुवा भएको हो। काठमाडौंको प्लानिङ ब्वाइज २०६७ सालाम स्थापना भएको क्लब हो। स्थापना भएको दोस्रो वर्षमै प्लानिङ ब्वाइज सी डिभिजनमा पुगेको थियो।

त्यसयता लगातार सी डिभिजनमा प्रतिस्पर्धा गरेको प्लानिङलाई बी डिभिजनमा पुग्न ११ वर्ष लाग्यो। यता गत वर्ष सी डिभिजन पुगेको आरसी-३२ को बी डिभिजनमा पुग्ने लक्ष्य भने पूरा हुन सकेन। अन्तिम खेलमा आरसी-३२ ले स्पोर्ट्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेल्यो।

अन्तिम खेलअघि प्लानिङले ३१ अंक जोड्दा आरसी-३१ ले २९ अंक मात्र जोड्न सक्यो। प्लानिङले १३ मध्ये ९ खेलमा जित र ४ खेलमा बराबरी खेल्यो। सिजनको डिभिजनमा अपराजित रहने प्लानिङ एक्लो टिम बन्यो।

आरसी-३२ ले १३ मध्ये ९ खेलमा जित निकाल्दा २-२ खेलमा हार र बराबरी खेल्यो। आरसी ३२ ले तेस्रो स्थानमै चित्त बुझायो। महावीर क्लबले फेयर प्लेको अवार्ड पायो। सी डिभिजन लिगबाट वीरगन्ज युथ एकेडेमी र ओएसिस क्लब भने रेलिगेशनमा परे।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0