यूईएफए नेसन्स लिग : इङ्ग्ल्यान्ड हंगेरीसँग १–० गोल अन्तरले पराजित

फुटबल

एजेन्सी । युइएफए नेसन्स लिगमा इंग्ल्यण्ड हंगेरीसँग पराजित भएको छ । गएराति भएको खेलमा इंग्ल्यण्ड हंगेरीसँग १–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु टोली हंगेरीलाई जित दिलाउनको लागि डोमिनिक सोबोस्लाईले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ६६औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

इंग्ल्याण्डले सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको पनि गोल गर्न सकेन ।

यो जितपछि हंगेरी लिग ए ग्रुप ३ मा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित इंग्ल्यान्ड चौथो स्थानमा रहेको छ । समान एक अंक जोडेर जर्मनी र इटाली दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0