मैत्रीपूर्ण खेलमा लियोनल मेसी एक्लैले गरे पाँच गोल

फुटबल

एजेन्सी । लियोनल मेसीको सानदार प्रदर्शनमा अर्जेन्टिनाले एस्टोनियालाई फराकिलो अन्तरमा हराएको छ। गएराति एस्टोनियासँगको मैत्रीपूर्ण खेलमा मेसी एक्लैले पाँच गोल गरेपछि अर्जेन्टिनाले ५-० को फराकिलो जित निकालेको हो।

खेलको ८ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका मेसीले ४५ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए। दोस्रो हाफको सुरूमै ह्याट्रिक पुरा गरेका मेसीले ७१ औं मिनेटमा चौथो र ७६ औं मिनेटमा पाँचौ गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए।

मेसीले राष्ट्रिय टोलीबाट एउटै खेलमा पाँच गोल गरेको यो पहिलो पटक हो। कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले यसअघि युरो कप च्याम्पियन इटालीलाई ३-० ले हराउँदै फाइनलिसीमाको उपाधि जितेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0