यूईएफए नेसन्स लिग : पोर्चुगलको फराकिलो जितमा रोनाल्डोको २ गोल

फुटबल

काठमाडौं। यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले शानदार जित निकालेको छ। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा पोर्चुगलले स्विट्जरल्यान्डमाथि ४० गोल अन्तरको शानदार जित निकालेको हो। लिगको समूह चरणअन्तर्गत गएराति भएको खेलमा स्विट्जरल्यान्डमाथि पोर्चुगल ४-० गोल अन्तरमा विजयी भएको हो।

पोर्चुगललाई विलियम कार्भाल्होले खेलको पाँचौँ मिनेटमै शुरुआती अग्रता दिलाए। त्यसपछि रोनाल्डोले ३५ औँ मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।

रोनाल्डोले ३९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३–० मा पुर्याए। खेलको ६८ औँ मिनेटमा जोआ कान्सेलोले गोल गरेपछि पोर्चुगल ४–० गोल अन्तरमा विजयी भयो।

जितसँगै लिग चरणमा ए समूह २ मा रहेको पोर्चुगलले महत्वपूर्ण ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। स्विट्जरल्यान्डले भने हारबाट प्रतियोगिताको शुरुआत गरेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *