मेसि र रोनाल्डो बन्ने बाटोमा नेयमार, जापानबिरुद्ध ब्राजिललाई जिताए

फुटबल

टोकियो । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा सोमबार ब्राजिलले जापानलाई १-० गोलले हराएको छ । ब्राजिलको जितमा नेइमारले निर्णायक गोल गरे । उनले ७७ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

टोकियोस्थित नेशनल ओलम्पिक स्टेडियममा करिब ६४ हजार दर्शकसामु खेलिएको खेलमा घरेलु टोलीले राम्रो प्रदर्शन गरे पनि हार टार्न सकेन ।जापानले ८ खेलपछि पहिलो हार बेहोरेको हो। गत अक्टोबरमा साउदी अरबसँग १-० गोलले पराजित भएयता जापानले ७ जित र एक बराबरीको नतिजा निकालेको थियो । ब्राजिलले पनि १३ खेलयता हार बेहोरेको छैन।

गत कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँग पराजित भएयता ब्राजिलले १० जित र ३ बराबरीको नतिजा निकालेको छ । ब्राजिलले अर्को मैत्रीपूर्ण खेल जुन ११ तारिखमा अर्जेन्टिनासँग खेल्दै छ ।

नेइमार ब्राजिलका सर्वकालिक सर्वाधिक गोलकर्ताका रूपमा पेलेको कीर्तिमान बराबरी गर्नबाट तीन गोलले मात्र पछाडि छन्। उनले एक सय १८ खेलमा ७३ गोल गरेका छन्।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *