मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली इराक प्रस्थान

फुटबल

काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप छनोट खेल्नेको लागि खेलाडी सहित ३५ जनाको जम्बो नेपाली टोली मंगलबार राति १० बजे इराक प्रस्थान गरेको छ । कतार एयरवेजको विशेष विमानमार्फत् दोहा हुँदै इराक प्रस्थान गरेको हो । टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, फिजियो, म्यानेजरलगायत अन्य १२ जना छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल समेत नेपाली टोलीसँगै गए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै सदस्य सचिव सिलवालले अखिल नेपाल फुटबल संघ एन्फाको आग्रहमा आफू पनि टिमसँग जान लागेको बताए । नेपाली टिमको हवाइ खर्च फिफाले व्यहोर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले बताएको छ ।

मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए । नेपालले जेठ १५ ( मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाली टिम

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की ।
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास ।
मिडफिल्डर : विशाल राई, मनीष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान ।
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा ।

अफिसियलहरु

मुख्य प्रशिक्षक : अबदुल्लाह अलमुताइरी प्रशिक्षक : किरण श्रेष्ठ गोलकिपिङ प्रशिक्षक : विकास मल्ल फिजियो : आविष्कार पुडासैनी

अन्य अफिसियलहरु : मधुसुदन उपाध्याय, रमेशकुमार सिलवाल, शिक्षित पराजुली, शिरीष राजभण्डारी, विकास गुरुङ, शैलेन्द्र अधिकारी, हिमविक्रम केसी, कृष्णभक्त मानन्धर

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0