६४ वर्षपछि वेल्स विश्व कपमा छनोट हुन सफल

समाचार

काठमाडौं । युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्व कपमा छनोट भएको छ । यूईएफए छनोट अन्तर्गत गएराति भएको प्ले अफ फाइनलमा वेल्सले युक्रेनलाई १–० गोल अन्तरले पराजित गर्यो ।

खेलको ३४ औँ मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले गरेकाे आत्मघाती गोल नै वेल्सको जितका लागि निर्णायक बन्यो । जितसँगै सन् १९५८ पछि पहिलो पटक वेल्स विश्व कपमा छनोट भएको हो । अब वेल्सले समूह ‘बी’ मा रहेर विश्व कप खेल्नेछ । यो समूहमा इङ्ग्ल्यान्ड, अमेरिका र इरान छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0