युईएफए नेसन्स लिग : ह्यारी केनले गोल गर्दै जर्मनीबिरुद्ध इंग्ल्यान्डलाई हारबाट जोगाए

फुटबल

काठमाडौं : खेलको अन्त्यतिर कप्तान ह्यारी केनले पेनाल्टीमार्फत् गोल गर्दै इंग्ल्यान्डलाई युईएफए नेसन्स लिग ए ग्रुप ३ को खेलमा हारबाट जोगाएका छन्। एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको खेलमा इङ्ल्यान्डले जर्मनीसँग १–१ गोलको बराबरी खेलेको हो।

घरेलु टोलीका जर्मनीका लागि जोनास होफमानले गोल गरेका थिए। खेलको ५०औं मिनेटमा जोनास होफमानले योसुवा किम्मिखको पासमा गोल गर्दै सुरूआती अग्रता दिलाएका थिए।

तर, निर्धारित समयको अन्तिम दुई मिनेट सम्हालिन नसक्दा जर्मनीले बराबरीमा चित्त बुझायो। खेलको ८८औं मिनेटमा पेनाल्टी बक्समा केनलाई निको स्लटरबेकले फउल गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै इङ्ग्ल्यान्डलाई पेनाल्टी प्रदान गरेका थिए। जसमा केन चुकेनन्।

बराबरीसँगै इङ्ग्ल्यान्डले समूहमा पहिलो अंक जोडेको छ। इंग्ल्यान्ड पहिलो खेलमा हंगेरीसँग पराजित भएको थियो। जर्मनीको यो लगातार दोस्रो बराबरी हो। जर्मनी २ अंक जोडेर तेस्रो तथा इंग्ल्यान्ड १ अंक जोडेर पुछारमा छ। इटाली ४ अंकका साथ पहिलो र हंगेरी ३ अंकका साथ दोस्रो स्थानमा छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *