घरेलु टोली भारतमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

क्रिकेट

काठमाडौं । पाँच खेलको श्रृंखलाको पहिलो टी-२० अन्तरराष्ट्रिय क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले सात विकेटले पराजित गरेको छ । यससँगै पाँच श्रृंखलामा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ । विहीबार दिल्लीमा भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

दक्षिण अफ्रीकाको जितमा रस्शी भान डेर डुसेनले अविजित सर्वाधिक ७५ रन बनाए । यस्तै डेभिड मिलरले ६४ रनको योगदान गरे । भारतका भुवनेश्वर कुमार, हर्सल पटेल र अक्षर पटेलले एक-एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो ।

भारतका इशान किशनले सर्वाधिक ७६ रन बनाए । यस्तै, श्रेयस इयरले ३६ तथा कप्तान ऋषव पन्तले ३६ जोडे । दक्षिण अफ्रीकाका केशव महाराज, एन्रिच नोर्किया, पर्निल र ड्वाने प्रिट्रोरियसले एक-एक विकेट लिए ।

यो हारसँगै भारतको लगातार १२ खेलमा जारी अपराजित यात्रा टुंगिएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0