यूईएफए नेसन्स लिग : पोर्चुगलको दोस्रो जित, रोनाल्डोले भने गोल गर्न सकेनन्

फुटबल

काठमाडौं । जाओ कान्सेलो र गोनकालो गुइडेसले गोल गरेको खेलमा पोर्चुगलले बिहीबार राति यूईएफए नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले हराएको छ ।

२०१९को विजेता पोर्चुगलले घरेलु मैदान लिस्बनमा कान्सेलोको गोलबाट ३३औं मिनेटमा अग्रता लिएको थियो । उनले म्यानचेस्टर सिटीका सहयात्री बर्नार्डो सिल्भाको पासमा गोल गरेका थिए । सिल्भाकै पासमा गुइडेसले ३८औं मिनेटमा पोर्चुगलको अग्रता दोब्बर बनाएका थिए ।

जितसँगै पोर्चुगल यूईएफए नेसन्स लिग ‘ए’मा समूह–२ को शीर्ष स्थानमा रहेको छ । पोर्चुगलले सात अंक जोडेको छ । पाँच अंक जोडेको स्पेन दोस्रो स्थानमा छ । स्पेनले गएराति स्विट्जरल्यान्डलाई १–० ले हराएको थियो । पराजित चेक गणतन्त्र चार अंकका साथ तेस्रो स्थानमा छ ।

गएराति नै सम्पन्न यूईएफए नेसन्स लिग ‘बी’मा समूह–४ मा नर्वे र स्लोभेनियाले गोलरहीत बराबरी खेले भने सर्वियाले स्विडेनलाई १–० ले हरायो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0