नेपाल र अल्मुताइरीको देश कुवेतबीचको खेल आज, १० सिनियर खेलाडी बिना जित्ला त ?

समाचार

काठमाडौं : नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत आज शनिबार आयोजक टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ।कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले दोस्रो खेलमा घरेलु टोलीको सामाना गर्न लागेको हो। नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ।

बलियो टिम कुवेतविरुद्ध नेपाल पहिलो जितको खोजीमा रहनेछ। बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो। सो खेलमा नेपालले पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरी रोकेको थियो। तर, दोस्रो हाफमा फितलो डिफेन्सका कारण नेपालले २ गोल खाएको थियो। जोर्डनले एक गोल पेनाल्टीमार्फत् गरेको थियो। पहिलो खेलमा समग्रमा नेपाली युवा टिमले जोर्डनविरुद्ध सन्तोषजनक प्रदर्शन गरेको थियो।

आयोजक कुवेत पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ। पहिलो खेलमा कुवेत इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो। छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंकविहीन रहँदै पुछारमा रहेको छ। कुवेत पनि अंकविहीन रहँदै तेस्रो स्थानमा रहेको छ। जोर्डन शीर्ष र इन्डोनेसिया दोस्रो स्थानमा छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0