बार्सिलोना, रियल मड्रिड र युभेन्टसमाथि यूईएफएले कारबाही थाल्यो

फुटबल

काठमाडौं, जेठ १२ : विश्व फुटबलका प्रख्यात क्लबहरु बार्सिलोना, युभेन्टस र रियल मड्रिडविरुद्ध युरोपेली फुटबल महासंघ (यूईएफए) ले कारवाही सुरु गरेको छ । घोषणालगत्तै तुहिएको युयुरोपियन सुपर लिगमा संलग्न भएको भन्दै तीन क्लबमाथि युइएफएले कारबाहीको प्रक्रिया सुरु गरेको हो ।

कारबाहीमा परेका बार्सिलोना, युभेन्टस र रियल मड्रिड क्लबसहित चेल्सी, इन्टर मिलान, लिभरपुल, टोटेनहम, ,म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल,एट्लेटिको मड्रिड र एसी मिलानले आफ्नो स्वामित्वमा युरोपियन सुपर लिगको घोषणा गरेका थिए । क्लबहरुले घोषणा गरेको लिगको व्यापक विरोध भएपछी आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड। टोटनह्याम, एसी मिलान, इन्टर मिलान र एथ्लेटिको मड्रिडले भने नाम फिर्ता लिएका थिए ।

रियल मड्रिड, बार्सिलोन र युभेन्टसले उक्त लिगको आयोजकबाट आफ्नो नाम अहिले सम्म फिर्ता लिएका छैनन् । यूईएफएले प्रेस विज्ञप्ति जारी गर्दै यी तीन क्लबले आफ्नो आचारसंहिता तोडेको भन्दै उनीहरुमाथिको कारबाहीबारे पूरा जानकारी चाँडै बाहिर आउने पनि जनाएको छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0