नेपाललाई अति माया गर्ने अलमुताईरी जो नेपालले गोल खाँदा बेहोस् भएर ढले

फुटबल

काठमाडौं । शनिबार राति भएको नेपाल र कुवेतबीचको खेल जारी रहँदा अचेत भई ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्शिक्षक अध्दुल्लाह अल्मुताइरीको अवस्था सामान्य भएको छ । मटु र मेरुदण्डकोसमेत समस्या बोकेका अल्मुताइरीको स्वास्थ्य अवस्था पछिल्लो समय त्यति राम्रो थिएन ।

आफ्नै देशबिरुद्ध आफू प्रशिक्षक रहेको देश नेपाली राष्ट्रिय टोलीको खेलका क्रममा उनी अचेत भइ ढले । मुख्य प्रशिक्ष अल्मुताइरी कुवेती नागरिक हुन् । शनिबार कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा चलिरहेको खेलको दोस्रो हाफमा टेक्निकल एरियामा उभिएका प्रशिक्षक अल्मुताइरी त्यही बेहोस भएर ढलेका थिए ।

खेलको दोस्रो हाफको ३ मिनेट अर्थात ४८ औं मिनेटमा कुवेतले काउन्टरमा बल अघि बढाएको थियो । सोही क्रममा उनी लडे । सोही समयमै नेपालले दोस्रो गोल खाएको थियो । त्यसपछि केही समय खेल राकिएको थियो । अहिले उनको स्वास्थ्यमा सुधार भइसकेको बताइएको छ । उनलाई एक दिन अस्पताल राखेर होटल फर्काइने जनाइएको छ ।

नेपालको दोस्रो खेल कुवेत सँग भएको हो । यो खेलमा नेपाल ४–१ अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले अन्तिम खेल जेठ ३१ गते इन्डोनेसियाविरुद्ध खेल्नेछ । उक्त खेलमा अल्मुताइरी प्रशिक्षकको भूमिकामा रहन पाउने छैनन् । किनकी उनले यो प्रतियोगितामा दुई वेलो कार्ड पाइसकेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1