मैदानमै बेहोस भएर ढलेका प्रशिक्षक अल्मुताइरी डिस्चार्ज

समाचार

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धकाे खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् ।

प्रशिक्षक अल्मुताइरीलाई थप उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो । डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल !’ उनले भोलिबाट पुनः काममा फर्कने बताउँदै पराजयका लागि क्षमा मागेका छन् ।

दाेस्राे हाफकाे सुरु भएलगत्तै अल्मुताइरी नेपालकाे टेक्निकल एरियामा बेहाेस भएका थिए । लगत्तै मेडिकल टिमले उनलाइ स्ट्रेचरमा राखेर अस्पतालतर्फ लैजाँदै गरेकाे दृश्य प्रत्यक्ष प्रशारणमा देखाइएकाे थियाे । अस्पताल लैजाँदै गर्दा उनकाे मुखमा अक्सिजन मास्क लगाइएकाे थियाे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0