दोस्रो एकदिवसीय खेलमा भारतसँग अष्ट्रेलिया ३६ रनले पराजित

क्रिकेट

काठमाडौं । अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा भारत विजयी भएको छ। भारतले शुक्रबार राजकोटमा भएको खेलमा अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो। जितसँगै ३ खेलको सिरिजमा १-१ को बराबरी भएको छ। यसअघि पहिलो खेलमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो।

शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेटको क्षतिमा ३४० रन जोड्यो। भारतका लागि ओपनर शिखर धवनले ९० बलमा ९६ रनको योगदान दिए। शतक बनाउन चुकेका धवनले १३ चौका र १ छक्का हिर्काए। कप्तान विराट कोहलीले ७६ बलमा ७८ रन जोड्दा लोकेश राहुलले ५२ बलमा ८० रनको योगदान दिए। कोहलीले ६ चौका हिर्काउदा राहुलले ६ चौका र ३ छक्का प्रहार गरे।

बलिङमा अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए। केन रिचार्डसनको नाममा २ विकेट रह्यो। ३४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४९.१ ‍ओभरमा ३०४ रनमा अलआउट भयो। अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ९८ रन र मार्नोस लाबुसचेन्जले ४६ रन जोडे। अन्य ब्याट्सम्यान चल्न सकेनन्।

बलिङमा भारतका मोहमद सामीले ३ विकेट लिए। कुलदिप यादव, नवदीप सैनी र रविन्द्र जडेजाको नाममा २-२ विकेट रह्यो। १ विकेट जसप्रित बुमराहले हात पारे। विकेटकिपङ गर्दै ८० रन जोडेका लोकेश राहुल खेलको म्यान अफ दि म्याच भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *