रोनाल्डो बिनाको पोर्चुगल स्विजरल्यान्डसँग पराजित

फुटबल

काठमाडौं । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोबिनाको पोर्चुगल आइतबार राति यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग १–० अन्तरले पराजित भएको छ । घरेलु टोली स्विजरल्यान्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बाँकी समय दुवै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

चोटका कारण स्टार खेलाडी रोनाल्डो भने उपस्थित रहेनन् । हारसँगै पोर्चुगलले समूह ए२ को शीर्षस्थानमा उक्लने मौका गुमायो । ४ खेलमा ७ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ । स्विजरल्यान्ड ३ अंकसहित पुछारमा छ । समान खेलबाट ८ अंक जोडेको स्पेन शीर्षस्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1