मोटो रकम लिएर म्यान्चेस्टर सिटीमा भित्रिए हालान्ड, अब सिटीलाई कसले हराउँने ?

फुटबल

काठमाडौं । नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्ड पाँच वर्षको सम्झौतामा इङलिस क्लब म्यान्चेस्टर सिटीमा अनुबन्धित भएका छन् ।
सोमबार सिटीले औपचारिक रुपमा हालान्डलाई ५१.२ मिलियन युरोमा क्लबमा भित्र्याएको हो ।

यसअघि जर्मन लिग बुन्डेस्लिगामा बुरोसिया डर्टमन्डबाट खेलेका २१ वर्षीय हालान्डले ८९ खेल खेल्दै ८६ गोल गरेका छन् । हालान्डले साल्नवर्ग र डर्टमन्डबाट कुल १२१ खेल खेल्दै ९२ गोल गरेका छन् ।

हालान्डले नर्वेबाट २१ खेल खेल्दै २० गोल गरेका छन् । उनी नर्वेकाे राष्ट्रिय फुटबल टीमको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् ।सिटीमा अनुबन्ध हुनुअघि हालान्डलाई स्पेनिस क्लब रियाल मड्रिड र बार्सिलोनाले पनि भित्र्याउन चाहेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0