श्रीलंकालाई हराउदै विश्वकप सुपर लिगको शीर्ष स्थानमा उक्लियो बंगलादेश

क्रिकेट

काठमाडौं, जेठ १२ : घरेलु टिम बंगलादेशले पहिलो पटक श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज जितेको छ। मंगलबार राति ढाकाको ‘शेरे बांग्ला स्टेडियम’मा खेलिएको दोस्रो एकदिवसीय खेलमा श्रीलंकालाई डिएल मेथडमा १ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले तीन खेलको एकदिवसीय सिरिज जितेको हो ।

यो जीतसँगै बंगलादेश विश्‍वकप छनौटको आधार मानिएको आइसिसी सुपर लिगको शीर्षस्थानमा उक्लिएको छ । लिगमा ८ खेल खेलेको बंगलादेशले ५० अंक जोडेको छ। दोस्रो स्थानमा इंग्ल्याण्ड छ भने पाकिस्तान तेस्रो अष्ट्रेलिया चौथो स्थानमा छन । तीन वटै देशको समान ४० अंक भएपनि रन रेटका आधारमा इंग्ल्याण्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् । सुपर लिगको अंक तालिकामा भारत आठौं स्थानमा छ ।

वर्षाले निकै प्रभावित खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम बंगलादेशले ४८.१ ओभरमा अलआउट हुँदै २४६ रन बनाएको थियो । उसका लागि मुस्फिकर रहिमले १२५ रनको योगदान दिए। उनले १२७ बलमा १० चौका प्रहार गरे। उसका लागि मुस्फिकर रहिमले १२५ रनको योगदान दिए। उनले १२७ बलमा १० चौका प्रहार गरे। बलिङमा श्रीलंकाका दुस्मान्था चमीरा र लक्षण सन्दकनले ३-३ विकेट लिँदा इसुरु उडानाले २ र वानिन्दु हसरङ्गाले १ विकेट लिए ।

बंगलादेशले दिएको २४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहदा पानी परे पछि खेल प्रभावित भएको थियो । वर्षाले खेल रोकिएपछि डिएल मेथडको आधारमा श्रीलंकाले ४० ओभरमा २४५ रनको नयाँ लक्ष्य पायो । तर, उसले ४० ओभरमा ९ विकेट गुमाएर मात्र १४१ रन बनाउन सक्यो । श्रीलंकाका लागि ओपनर धनुश्का गुणतिलकाले सबैभन्दा बढी २४ रन जोडे भने पथुम निसान्काले २० रन बनाए । बंगलादेशका मेहदी हसन तथा मुस्तफिजुर रहानले घातक बलिङ गर्दै तीन-तीन विकेट लिएका थिए । पहिलो एकदिवसीय खेलमा बंगलादेशले श्रीलंकालाई ३३ रनले पराजित गरेको थियो। यी दुई टोलीबीच अन्तिम खेल शुक्रबार हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0