लज्जाष्पद हारपछि अलमुताईरीको पुरानै डाईलग ! ‘सबै दोष मलाई दिनु खेलाडीलाई होइन’

समाचार

काठमाडौं । एएफसी एसिया कप छनौट खेलको अन्तिम खेलमा इन्डोनेसियासँग ७ – ० गोलले पराजित भएसँगै नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बोलेका छन् ।

खेल सकिएलगत्तै उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पराजयको सम्पूर्ण दोष आफूलाई दिन र खेलाडीहरुलाई गाली नगर्न भनेका छन् ।

उनले हालका लागि एसयन कपको छनौट खेलबाट बाहिरिएको उनले बताएका छन् । उनले आउँदो आउँदो सेप्टेम्बरमा हुने मैत्रीपूर्ण खेलहरू अघि समस्याका समाधान गर्न आवश्यक रहेको औँल्याएका छन् ।

आउँदो दिनमा धेरै सकारात्मक अंकहरू पाउँने र कमजोरीहरू सुधार्ने उनले प्रतिबद्धता जनाएका छन् । उनले भनेका छन् ‘हामी चाहन्छु कि हारको सबै दोष मलाई जान्छ र खेलाडीहरूलाई दोष नदिनुहोस्।’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0