विश्व ओलम्पिक दिवसको अवसरमा विन्धावासिनि बाहिनिमा विविध खेलकुद कार्यकम सम्पन्न

समाचार

कपिलबस्तु : विश्व ओलम्पिक दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल न.५ विन्धावासिनि वाहिनि रुपन्देहीले विविध खेलकुदको कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तुको चन्द्रोटामा भएको उक्त खेलकुद प्रतियोगितामा भलिबल, ब्याटमिन्टन, दौड, टेवलटेनिस, फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।

यी सबै खेलको बिजेतालाई हिजो सशस्त्र प्रहरी नायव महानिरिक्षक कुल बहादुर नेङमाङले ट्रफि तथा प्रमाणपत्र सहित सम्मान गरेका थिए । त्यस्तै उपबिजेतालाई का.मु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक बाट पुरस्कार वितरण गरिएको थियो।

प्रतियोगिताको फुटबल तर्फ रिजर्व गण कपिलवस्तु र समशेरगंजको संयुक्त टिम त्यस्तै भलिबल तर्फ नं २६ गण पश्चिम नवलपरासी बिजेता बनेका थिए । उता व्याटमिन्टन तर्फ सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरी दत्त भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार रवि किरण चन्दको जोडीले प्रथम स्थान हासिल गरेका थिए । हेर्नुस प्रतियोगिताका केही झलकहरु

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0