त्रिकोणात्मक शृङ्खलामा करण केसी प्लेयर अफ दि सिरिज

समाचार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृङ्खलामा नेपालका करण केसी प्लेयर अफ द सिरिज घोषित भएका छन् । टेक्ससमा बिहीबार सम्पन्न सिरिजमा उत्कृष्ट बलिङ गरेका करण प्लेयर अफ द सिरिज बनेमा हुन् ।

अमेरिकाविरुद्ध अन्तिम खेलमा ३ विकेट लिएका करणले शृङ्खलामा कुल १३ विकेट लिएका थिए । उनले ओमानविरुद्ध दुवै खेलमा ५-५ विकेट लिएका थिए भने अमेरिकाविरुद्ध पहिलो खेलमा विकेट लिन सकेनन् । ब्याटिङमा भने यस पटक करणको ब्याट चलेन । तीमन खेलमा ब्याटिङ गर्दा उनले जम्मा ९ रन मात्र बनाए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0