फिफा वरियतामा नेपाली महिला फुटबल टीमको सुधार

समाचार

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टीमको फिफा वरियता सुधार भएको छ । शुक्रबार फिफाले सार्वजानिक गरेको नयाँ वरियता अनुसार नपालले एक स्थान सुधार गर्दै १ सय १ मा उक्लिएको छ । यसअघि नेपाल एक सय २ मा थियो ।

वरियताको शिर्ष स्थानमा अमेरिका रहेको छ भने दोस्रो स्थानमा स्विडेन र तेस्रो स्थानमा छ । चौथो स्थानमा नेदरल्यान्डस् रहँदा पाँचौ स्थानमा जर्मनी रहेको छ ।
दक्षिण एसियातर्फ नेपाल दोस्रो स्थानमा छ । शिर्ष स्थानमा भारत रहेको छ । फिफा वरियतामा भारत ५६औं स्थानमा छ । दक्षिण एसियाको तेस्रो स्थानमा रहेको बंगलादेश वरियताको १ सय ४६औं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0