तीन देशले २०२६ को फिफा विश्वकप संयुक्त आयोजना गर्ने, नेपालले खेल्न पाउला त ?

समाचार

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकप क्यानडा, अमेरिका र मेक्सिकोका १६ फरक सहरमा आयोजना हुने जनाएको छ । जुन ४८ टिमको सहभागिता हुने पहिलो विश्वकप हुनेछ र तीन आयोजक देश प्रतियोगिताको लागि स्वतः छनोट हुने अनुमान गरिएको छ ।

विश्वकपका खेलहरु अमेरिकाका एटलान्टा, बोस्टन, डल्लास, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, मियामी, न्युयोर्क जर्सी, फिलागेलफिया, सान फ्रान्सिस्को र सेटल गरी ११ सहरमा हुनेछन् ।

मेक्सिकोका गुआडलाजारा, मोन्टेरेरी र मोक्सिको सिटी गरी तीन सहरमा विश्वकपका खेल हुनेछन् । क्यानडाका टोरोन्टो र भान्कोभर गरी दुई सहरमा विश्वकपका खेल हुने फिफाले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
2