नेइमारले जति पैसा दिएनी पिएसजी छोड्न मानेनन्

समाचार

काठमाडौँ । ब्राजिलियन फरवार्ड नेयमारले पेरिस सेन्ट जर्मेन (पीएसजी) छोड्न अस्वीकार गरेका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार नेइमारले आफ्नो निर्णयबारे क्लब व्यवस्थापनलाई जानकारी गराएको मिडिया रिपोर्टमा उल्लेख छ । ३० वर्षीय नेइमार सन् २०१७ को बार्सिलोनाबाट रेकर्ड २२२ मिलियन यूरोको विश्व कीर्तिमानी शुल्कमा पिएसजी आएका थिए । पिएसजीमा आएपछि लगातारको इन्जुरी पछि नेइमारले सोचे जस्तो प्रदर्शन भने गर्न सकेका छैन ।

पिएसजीले आफ्नो आर्थिक पक्षलाई सन्तुलित बनाउन यस अघि नेइमारलाई अन्य क्लबमा बेच्ने रिपोर्ट सार्बजनिक भएको थियो । युइएफएले पिएसजीलाई आफ्नो आर्थिक पक्ष बारे स्पष्ट जानकारी दिन आग्रह गरेपछि पिएसजी दबाबमा आएको छ ।

पिएसजी हाल २२४ मिलियन युरो घाटमा रहेको रिपोर्ट पछि युइएफएले पिएसजीमाथि यस बारेमा थप स्पष्ट गर्न आग्रह गरेको बताइएको छ । यस अघि पनि पटक पटक पिएसजीले युइएफएको फाइनान्सियल फेयर प्लेको उलंघन गरेको आरोप लाग्दै आइरहेको छ ।

रिपोर्ट अनुसार पिएसजीले अहिले खेलाडीको पारिश्रमिकमा ६०० मिलियन युरो तिरिरहेको बताइएको छ । यसमा किलियन एम्बाप्पेको नयाँ सम्झौता समावेश छैन ।

यी सबै आर्थिक समस्याहरूलाई सन्तुलनमा राख्न पिएसजीले केहि खेलाडीलाई बेच्ने रणनिति बनाएको छ । तर नेइमार बाहेक अन्य खेलाडीलाई बेचेर पिएसजीको आर्थिक समस्या सल्टिन नसकिने दाबि गरिएको छ । नेइमारको पिएसजीमा २०२५ सम्म सम्झौता छ ।

नेइमारलाई राम्रो शुल्कमा बेच्ने तयारीमाथि उनले अस्वीकार गरेपछि धक्का लागेको छ । अर्कोतर्फ नेइमारको अहिले पिएसजीमा बार्षिक करिब ५० मिलियन युरो पारिश्रमिक रहेको छ र अहिले नेइमारलाई ठुलो शुल्क तिरेर किन्न कुनै क्लब तयार पनि देखिएका छैनन्, त्यसै कारणले पनि नेइमारले पिएसजी छोड्ने इच्छा देखाएका छैनन् ।

पिएसजीमा तीन खेलाडी अहिले उच्च पारिश्रमिकमा रहेका छन् । जसमा नेइमार, लियोनेल मेसी र किलियन एम्बाप्पे रहेका छन् । मेसीको पिएसजीमा अब एक वर्षमात्र सम्झौता रहेकाले उनले सो सम्झौता अघि क्लब छोड्ने सम्भावना देखिदैन । एम्बाप्पे अब लामो समय पिएसजीमै रहने मनसायका साथ क्लबसँग आकर्षक पारिश्रमिकसहित आफ्नो सम्झौता नवीकरण गराएका छन् ।

यस्तोमा पिएसजीका लागि नेइमारलाई बेच्नु मात्र विकल्प रहेको देखिन्छ । उनको लगातारको इन्जुरी र खराब प्रदर्शन पनि पिएसजीका लागि अब समस्या बनेको छ । यस सिजनमा उनले पिएसजीका लागि केवल २८ खेल मात्र खेलेका थिए । जसमा उनले १३ गोल र ८ गोल गरेका थिए ।अब आउदो सिजनमा नेइमारबाट राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ । साथै उनले आउदो विश्वकपमा राम्रो प्रदर्शन गरेमा उनका आगामी दिन सहज हुने देखिन्छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0