नेपाली फुटबल टिमको कन्तबिजोक ! फिफा वरीयतामा नेपाल ८ स्थान तल झर्‍यो

Uncategorized

काठमाडौं, असार ९ : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालको वरीयता खस्किएको छ। जुन महिनाको वरीयतामा नेपाल ८ स्थान तल झर्दै १७६ औं स्थानमा पुगेको छ। अघिल्लो महिना नेपाल १६८औं स्थानमा थियो।

यो महिना नेपालले एएफसी एसियन कप छनोटमा तीन खेल खेलेको थियो। पहिलो खेलमा जोर्डनसँग २-० गोलले पराजित भएको नेपाल दोस्रो खेलमा आयोजक कुवेतसँग ४-१ गोलले हारेको थियो। तेस्रो खेलमा भने नेपालले खराब खेल खेल्यो। नेपाल इन्डोनेसियासँग ७-० को अन्तरमा पराजित भएको थियो।

दक्षिण एसियाका टिममा नेपाल तेस्रो स्थानामा छ। शीर्ष स्थानको भारत १०४औं स्थानमा छ। त्यसपछि माल्दिभ्स १५६औं स्थानमा छ। नेपालभन्दा पछि रहेका भुटान १८६औं, बंगलादेश १९२औं, पाकिस्तान १९६औं र श्रीलंका २०७औं स्थानमा छन्। श्रीलंका विश्वकै अन्तिम वरीयतामा छ।

विश्व वरीयतामा ब्राजिल पहिलो स्थानमा छ। दोस्रो स्थानमा बेल्जियम, तेस्रो स्थानमा अर्जेन्टिना, चौथो स्थानमा फ्रान्स, पाँचौ स्थानमा इंग्ल्यान्ड, छैठौं स्थानमा स्पेन, सातौं स्थान इटाली, आठौं स्थानमा नेदरल्यान्ड्स, नवौं स्थानमा पोर्चुगल र दशौं स्थानमा डेनमार्क छन्। जर्मनी एघारौं स्थानमा रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *