मोटो रकम पाए नेयमारलाई बेच्न पीएसजी तयार

समाचार

काठमाडौं : राम्रो अफर आए यो ट्रान्सफर विन्डोमा नेयमार बेच्न पेरिस सेन्ट जर्मेन तयार रहेको गोल डटकमले जनाएको छ । तर ब्राजिलका स्टार भने क्लब छाड्न तयार नरहेको बताइएको छ ।

​नेयमार सन् २०१८ मा बार्सिलोनाबाट त्यतिबेलाको विश्व कीर्तिमानी रकममा पेरिस पुगेका थिए । युरोपियन फुटबलमा सफलता हासिल गर्न पीएसजीले नेयमारलाई भित्र्याएको थियो । तर, हालसम्म च्याम्पियन्स लिग जित्न नसकेको र किलियन एम्बाप्पे क्लबमा नै रहने भएपछि क्लबले ३० वर्षीय खेलाडीलाई बेच्ने तयारी गरेको बुझिएको छ ।

गत सिजन माउरिसियो पोचेटिन्होको नेतृत्वमा पीएजसीले लिग वानको उपाधि जिते पनि रियल म्याड्रिडसँग पराजित हुँदै युरोपियन प्रतियोगिताबाट बाहिरिएको थियो । यसका लागि नेयमार र मेस्सीले क्लबका समर्थकबाट आलोचनाको सामना गर्नुपरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0