म्यानचेस्टर युनाइटेडसँग असन्तुष्ट भए रोनाल्डो

समाचार

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोड्नसक्ने मिडिया रिपोर्ट सार्बजनिक भएको छ । एक बर्ष सम्झौता बाँकि रहेपनि म्यानचेस्टर युनाइटेडले नयाँ खेलाडी किन्ने बारे चासो नदिएको भन्दै रोनाल्डोले असन्तुष्टि व्यक्त गरेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार रोनाल्डोले क्लबको व्यवस्थापनका केहि अघिकारीहरुलाई खेलाडी भित्र्याउने विषयमा चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले टिमलाई बलियो बनाउन र उपाधि जित्न नयाँ खेलाडी भित्र्याउनुपर्ने बताउदै आएका छन् ।

नयाँ प्रशिक्षक एरिक टेन हगले नयाँ खेलाडी साइन गर्न सुस्तता देखाएकोले अहिले ट्रान्सफर बजारलाई लिएर युनाइटेडको आलोचना पनि भैरहेको छ । युनाइटेडबाट यस सिजनपछि पाउल पोग्वा, जेस्से लिंगार्ड, जोन माटालगायतका खेलाडीले क्लब छोडेपछि क्लबले नयाँ खेलाडी किन्न कुनै चासो नदेखाएको देखिएको छ ।

मिडिया रिपोर्टका अनुसार रोनाल्डोलाई जर्मन च्याम्पियन बायर्न म्युनिखले भित्र्याउन सक्ने अनुमान गरिएको छ । रोबेर्ट लेवानडोस्कीले बायर्न छोड्ने बताइरहेकाले रोनाल्डो उपलब्ध भएमा उनको ठाउमा लैजान सक्ने अनुमान भइरहेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0