४.५ करोड पाउन्डमा जिसस आर्सनल जाने पक्का

समाचार

काठमाडौं : आर्सनल म्यान्चेस्टर सिटीका फरवार्ड ग्याब्रियल जिसुसलाई भित्र्याउन ४.५ करोड पाउन्ड तिर्न सहमत भएको छ । गोलडटकमका अनुसार क्लबले खेलाडीसँग पनि व्यक्तिगत सर्तहरूमा सम्झौता गरिसकेको छ ।

आर्सनलका म्यानेजर मिकेल आर्टेटाले जिसुसलाई आगामी सिजनका लागि नम्बर एक टार्गेट बनाएका थिए । अनुबन्धको विषयमा दुई क्लबबीच शुक्रबार सहमति भएको थियो भने क्लबले खेलाडीसँग आइतबार सम्झौता गरेको थियो ।

सन् २०१६–१७ सिजनमा सिटी भित्रिएका २५ वर्षीय जिसुसले प्रिमियर लिग क्लबका लागि ५८ गोल गर्नुका साथै २९ वटा एसिस्ट गरेका छन् । उनले यसक्रममा चारवटा प्रिमियर लिगको उपाधि जित्नुका साथै तीनवटा लिग कप र एउटा एफए कपको उपाधि पनि जितेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0